बागी–३ ले तीन दिनमा कति कमायो?

काठमाडौंः शुक्रबार रिलिज भएको टाइगर सराफ अभिनित बलिउड फिल्म बागी–३ ले रिलिजको तीन दिनमा ५० करोड कलेक्सन गरेको छ ।

फिल्मले रिलिजको तेस्रो दिन २० करोड ३० लाख कमाई गरेपछि तीन दिनमा कुल ५३ करोड ८३ लाख कमाई गरेको हो । फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाई गरेको थियो भने दोस्रो दिन १६ करोड ३ लाख कमाई गरेको थियो ।

याे पनि पढ्नुस  'बागी ३' को आक्रामक व्यापार जारी, ६ दिनमा कति कमायो ?

बागी–३ को कथा कमजोर रहेको रिभ्युले असर गरेको बताइएपनि फिल्मलाई अहिले विश्वभर चलेको कोरोनाले समेत असर गरेको देखिएको छ । टाइगर सराफको क्यारियरमा भने बागी–३ विकइन्डमा तेस्रो धेरै कमाई गर्ने फिल्म बनेको छ ।

२०१९ मा रिलिज भएको वारले ५ दिनको विकइन्डमा १६६ करोड २५ लाख कमाई गरेको थियो । त्यस्तै २०१८ मा रिलिज भएको बागी–२ ले तीन दिनमा ७३ करोड १० लाख कमाई गरेको थियो ।

याे पनि पढ्नुस  ‘बागी ३’: कस्तो छ फिल्म ?

त्यस्तै बागी–३ ले तीन दिनमा ५३ करोड ८३ लाख कमाई गरेको छ । त्यस्तै २०१९ मा रिलिज भएको स्टुडेन्ट अफ द इयर–२ ले तीन दिनमा ३८ करोड ८३ लाख कमाई गरेको थियो । त्यस्तै २०१६ मा रिलिज भएको फिल्म बागीले ३८ करोड ५८ लाख कमाई गरेको थियो ।

याे पनि पढ्नुस  ‘बागी–३’मा कोरोनाको प्रभाव, अपेक्षाअनुसार भएन कमाई

कमेन्ट गर्नुहोस्