भौतिक सम्पर्कमा नरहन कतारस्थित नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)

काठमाडौंः कतार स्थित नेपाली दूतावासले अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन त्यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ ।

कतारले नेपालसहित १४ वटा मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि लागू हुने गरी अस्थायी रुपमा रोक लगाएपछि दूतावासले नेपाली कामदारलाई यस्तो अनुरोध गरेको हो ।

याे पनि पढ्नुस  प्रदेश नं ३ समन्वय परिषदद्वारा सामाजिक अभियान्ता अधिकारी सम्मानित

कतारमा ३ आप्रवासीसहित १५ जनामा कोरोनाभाइरसको पुष्टि भएको भन्दै नेपाली दूतावासले यो अवस्थामा भौतिकरुपमा नभई टेलिफोन वा इमलेमार्फत सम्पर्क गर्न दूतावासले त्यहाँस्थित नेपाली समूदायलाई अनुरोध गरेको हो ।

साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परेमा भौतिक रुपमा दूतावास पुग्नुनपर्ने र सोको जानकारी दूतावासको फोन नम्बर४४६७५६८१÷४४६७५६८३ ÷४४१७१९६२ मार्फत लिन अनुरोध गरेको छ । यस्तै दूतावासको इमलेमा पनि सम्पर्क गर्न सकिने सोमबार जारी सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुस  कतारको जेलमा रहेका ९ नेपाली बन्दीलाई आममाफी

कमेन्ट गर्नुहोस्