गोरखामा जीप दुर्घटना, घाइतेहरूको उद्दारका लागि हेलिकोप्टर कुरिँदै

गोरखाः गोरखाको बारपाक-सुलिकोट गाउँपालिका ४ स्थित सौरपानीमा बोलेरो जीप दुर्घटना हुँदा सवार ८ जना गम्भीर घाइते भएका छन्‌। सौरपानीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजेतिर सौरपानी केवरा र सिम्बुबीचको खहरे खोलामा दुर्घटनाग्रस्त भएको हो।

याे पनि पढ्नुस  अनिष बने चौथो पटक ‘लिगलिगे राजा’

जीपमा १३ जना सवार रहेको र ६ जना गम्भीर घाइते भएको स्थानीयवासीले जानकारी दिएका छन्‌। चिन्ताजनक अवस्थामा रहेका एकजना घाइतेलाई सौरपानी सामूदायिक एम्बुलेन्समा स्टक रहेको अक्सिजन दिएर राखिएको छ। दुर्घटनास्थलमै घाइतेहरूको प्राथमिक उपचार भइरहेको र उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर मगाइएको स्थानीयले बताएका छन्‌।

याे पनि पढ्नुस  तनहुँमा जीप दुर्घटनाः १ को मृत्यु, ६ जना घाइते

दुर्घटनामा परि विमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ र टेकमान गुरुङ घाईते भएका छन् । घाइतेमध्ये बिमला, रकम र श्रीमानको अवस्था गम्भीर रहेको स्थानीयवासीले जानकारी दिएका छन्‌।

सडकबाट करिब १५० मिटर तल जीप खसेको दुर्घटनास्थल गोरखा सदरमुकामबाट उत्तरी भेगमा पर्छ।

कमेन्ट गर्नुहोस्