च्याम्पियन्स लिगबाट बाहिरियो इंग्लिस क्लब टोटनह्याम

एजेन्सीः साविक उपविजेता इंग्लिस क्लब टोटनह्याम च्याम्पियन्स लिगबाट बाहिरिएको छ। मंगलबार राति भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगसँग ३–० ले पराजित हुँदै समग्रमा ४–० को फराकिलो हार ब्यहोर्दै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो।

गोलरक्षक ह्युगो लोरिसले खराब प्रदर्शन गर्दा अवे मैदानमा साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हस्टपुर निरिह रह्यो। लाइप्जिग भने एतिहासिक रुपमा पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रह्यो।

याे पनि पढ्नुस  च्याम्पियन्स लिगः रियल मड्रिडले बराबरीमा चित्त बुझाउँदा पीएसजी विजयी

यसअघि टोटनह्याम घरेलु मैदानमा अप्रत्यासित रुपमा पहिलो लेगमा १–० ले पराजित भएको थियो। रेडबुल एरिना लाइप्जिगमा घरेलु टोलीको जितमा मार्सेल सवित्जरले दुई तथा इमिल फोर्सवर्गले एक गोल गरे। खेलको १०औं मिनेटमा मार्सेल सवित्जरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

पेनाल्टी बक्सबाहिरको सवित्जरको प्रहार टोटेनहमका गोलरक्षक लोरिसको हातमा लाग्दै गोलमा परिणत भएको थियो । २१औं मिनेटमा सवित्जरले नै हेड गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

याे पनि पढ्नुस  च्याम्पियन्स लिगः मेस्सीले गोल गर्न नसक्दा बार्सिलोना र स्लाभियाले बराबरी खेल्दै अंक बाँडे

सवित्जरको हेडरलाई सही जज गरे पनि लोरिसले बचाउन सकेन। ८७औं मिनेटमा इमिल फोर्सवर्गले गोल गरेपछि इंग्लिस क्लबसँग प्रभावशाली जित निकाल्न जर्मनी क्लब सफल भयो।

कमेन्ट गर्नुहोस्