गीता छोएर कमल थापाको ‘कसम’: अब पार्टी फुटाउँदिन

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका छन् । बुधबार राजधानीमा आयोजित एकता घोषणा सभामा उनले पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका हुन् ।

उनले भने, ‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ । पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन ।’

याे पनि पढ्नुस  बागलुङमा मतान्तर बढाउँदै जनमोर्चा, राप्रपाले खोल्न सकेन खाता

यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने भन्दै अध्यक्ष थापाले थपे, ‘विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन । विगतका आग्रह पूर्वाग्रहबाट माथि उठौं, एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।’

याे पनि पढ्नुस  पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्ने राप्रपा नेता बोहराको माग

उनले गीताको पुस्तक अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबरालाई पनि चाहिन्छ कि भन्दै पोडिएममै छाडेर गएका थिए ।

थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकता घोषणासभा भएको छ । पार्टीको अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीन जना रहेने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्