ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको भाऊ ८ सय रुपैयाँले घटेको छ ।

बुधबार ८२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ८२ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोला ८१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

याे पनि पढ्नुस  आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधबार ८ सय ८० रुपैयाँमा कारोबार चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्