एनसेलको ‘कल आयो पैसा पायो’ अफर, कसरी सुचारू गर्ने ?

काठमाडौंः एनसेल प्रालिले ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्योभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन् ।

यो अफर गएको बुधबारदेखि लागु भएको छ र तीन महिनासम्म कायम रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँका दरले बोनस पाउँछन् । अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् ।

याे पनि पढ्नुस  अघाडि टेलिकम, पछाडि एनसेल

यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले प्राप्त गरेको बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यसैगरी ग्राहकले अङ्ग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

याे पनि पढ्नुस  एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, कसरी सुचारू गर्ने ?

बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन् ।

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

कमेन्ट गर्नुहोस्