कोरोना संक्रमणको आशंकामा धनगढीका एक युवक अस्पताल भर्ना

कैलालीः फागुनको पहिलो साता चीनबाट फर्किएका कैलाली धनगढीका एक युवक बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।

अस्पतालका डा. जगदिश प्रसाद जोशीले ती युवकमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेको बताए ।

उनका अनुसार अस्पतालले ती युवकलाई आइसोलेसन वार्डमा राखेर परिक्षणका लागि नमूना संकलन गरिएको छ ।

याे पनि पढ्नुस  थप १ जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमूना संकलन गरी बिहीबार नै काठमाडौँ पठाएको डाक्टर जोशीले बताए।

यसअघि पनि सुदूरपश्चिमकै चार जनालाई पनि कोरोनाको शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनीहरुको नमूना परिक्षण गरिएको थियो । तर सबैको रिपोर्ट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

कमेन्ट गर्नुहोस्