दोलखाबाट घुस लिएर काठमाडौं आउँदै गरेकी वन अधिकृत पक्राउ

काठमाडौंः डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ घुससहित पक्राउ परेकी छन् ।

उनी काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको अवस्थामा दुई लाख तीन हजार पाँच सय रुपैयाँसहित पक्राउ परेकी हुन् ।

याे पनि पढ्नुस  शिक्षक सरुवा गर्ने भन्दै ६५ हजार घुस लिने प्रअ र अध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले श्रेष्ठकोलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोकबाट पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्