कोरोनाका कारण स्थगित भएका महत्वपूर्ण क्रिकेट प्रतियोगिता (सूचीसहित)

काठमाडौंः  गत डिसेम्बरबाट चीनको वहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै तनावमा छ ।

व्यापकरुपमा फैलिरहेको यो भाइरसका कारण विभिन्न क्षेत्रमा ठूलो असर परिसकेको छ ।

कोरोनाको प्रभाव विश्व क्रिकेटका महत्वपूर्ण प्रतियोगितामा पनि परेको छ । यसको जोखिमलाई मध्यनजगर गर्दै केही पछिल्लो दिनमा लगातार महत्वपूर्ण क्रिकेट प्रगियोगिता स्थगित भइरहेका छन् ।

नेपालको एभरेष्ट प्रिमियर लिग (इपीएल) देखि विभिन्न देशबीचका सिरिज रद्द भइसकेका छन् । कोरोनाको कारण २९ मार्चदेखि सुरु हुने विश्व क्रिकेटको लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपीएल) १५ अप्रिलसम्म स्थगित गरिएको छ ।

कोरोनाको असरका कारण अष्ट्रेलिया र न्यूजिल्याण्ड तीन खेलको सिरिज दर्शकबिनाको मैदानमा खेलिरहेका छन् ।

उता पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका केही विदेशी खेलाडी कोरोनाको जोखिमले स्वदेश फिर्ता भइसकेका छन् ।

बिहीबारसम्म कोरोनाका कारण स्थगित भएका महत्वपूर्ण क्रिकेट प्रतियोगिता–

१. इन्डियन प्रिमियर लिग (आइपीएल)

२. एभरेष्ट प्रिमियर लिग (इपीएल)

३. रोड सेफ्टी वर्ल्ड टी–२० सिरिज

४. इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट सिरिज

५. भारत र दक्षिण अफ्रिकाबीचको वानडे श्रृंखला

६. अष्ट्रेलिया र दक्षिण अफ्रिका महिलाबीचको सिरिज

७. आइसीसी विश्व क्रिकेट लिग–२ वानडे सिरिज

कमेन्ट गर्नुहोस्