कैलालीमा बस र अटो आपसमा ठोक्किँदा एकको मृत्यु, ४ जना घाइते

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना। ४ ख ४५२८ नम्बरको बस र विपरित दिशाबाट गइरहेको से १ ह २११४ नम्बरको अटो एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गोदावरी नगरपालिका–६ का ५३ बर्षीय तुले कोली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  चालक निदाउँदा दुर्घटनाः आठ घाइतेमध्ये एकको अवस्था गम्भीर

दुर्घटनामा थप ४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घाइते हुनेमा अटोका चालक मान बहादुर बि।क, अटोमा सवार गोदावरी नगरपालिका–६ कोलीकटानकी ५० वर्षिया नखरी कोली, २५ वर्षिय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली रहेका छन् । घाइतेको अत्तरियाको पदमा अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

 

कमेन्ट गर्नुहोस्