टिपरको ठक्करबाट भक्तपुरमा १८ महिने शिशुको मृत्यु

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।

जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो ।

शिशिर सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा हुन् । ईश्वर मोक्तान सोही इँटाभट्टामा काम गर्दछन् ।

याे पनि पढ्नुस  भक्तपुरबाट बालिका अपहरण, ५ घण्टापछि सकुशल उद्धार

टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्