काठमाडौंः नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।
उनले ‘ग्रान्ड फिनाले’मा खड्गबहादुर पुन (खबपु) र सुमन कोइरालालाई पछि पार्दै पहिलो संस्करणको ‘कमेडी च्याम्पियन’ को उपाधि जितेका हुन् ।
उपाधिसहित हिमेशले २५ लाख नगद र कार जिते । उनलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य मह जोडीले पुरस्कार वितरण गरेका हुन् ।
‘कमेडी च्याम्पियन’को पहिलो संस्करणमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहे । सोको होस्ट रिमा विश्वकर्माले गरिन् ।