प्रधानमन्त्री ओलीसँग नेता नेपालको भेट

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरे ।

वरिष्ठ नेता नेपालले भेटमा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

याे पनि पढ्नुस  निर्वाचनको तयारी बढाउन आयोगलाई ओलीको निर्देशन, आधिकारिकता विवादबारे गरेनन् कुरा

शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली चिकित्सकको पूर्ण निगरानीमा सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

डिस्चार्जलगत्तै शनिबारबाटै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट सुरु गरेका हुन् । आजै अध्यक्ष प्रचण्डले भेट गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

कमेन्ट गर्नुहोस्