लगातार ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो

काठमाडौंः साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य घटेको छ । आज प्रतितोला १५ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । शुक्रबार ७८ हजार २ सय रुपैयाँ पुगेको तेजावी सुन आज तोलामा ७६ हजार सात सय रुपैयाँ तोकिएको छ ।

आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार ८ सय २० रुपैयाँ तोकिएको चाँदी आज प्रतितोला ७ सय ९० रुपैयाँमा कोरोबार भइहेको महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  कति छ आज सुनचाँदीको मुल्य ?

 

कमेन्ट गर्नुहोस्