जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियाे ओलम्पिक निर्धारित समयमै हुने बताएका छन् ।
खेलकुदका अधिकांश गतिविधि कोरोना भाइरसको संक्रमणले स्थगित भइरहँदा जुलाई महिनाको लागि निर्धारित टोक्यो ओलम्पिक समयमै हुने प्रधानमन्त्री आबेले प्रष्ट्याएका हुन् ।
उनले टोक्यो ओलम्पिक रोक्ने निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिमा निर्भर रहेको बताए । प्रधानमन्त्री आबेले भने, ‘संक्रमणबाट हामी मुक्त हुनेछौं र बिना कुनै समस्याले तयार गरिएको योजना बमोजिम नै टोक्यो २०२० जारी रहनेछ ।’
जापानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ४ सय छ । २८ जनाको मृत्यु भएको छ । मार्च २६ मा जापानको भागको ओलम्पिक टर्च रिले फुकुशिमाबाट सुरु हुनेछ ।
दर्शक बिना प्राचीन ओलम्पियामा टर्च प्रज्जवलन समारोह शुक्रबार सम्पन्न भएको छ । अमेरिकामा ओलम्पिकको अभ्यास र छनोट खेलहरु स्थगित गरिएको छ । तर शनिबारका लागि तय गरिएको बक्सिङ्गको छनोट खेल लण्डनमा पूर्वनिर्धारण बमोजिम नै हुनेछ । एजेन्सी