काठमाडौंः काभ्रेको मन्डनदेउपुर नगरपालिका–४ बाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको देउराली जाँदै गरेको बा ५ ख ५७७४ नं को मिनिटिपर र बा २ ख २१८२ न को टिपर ठोक्किँदा २२ जना घाइते भएका छन् । सो घटनामा मिनिटिपर सडकबाट १० फिट तल झरेको छ ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए ।
मन्डन देउपुरको चैनपुरमा गर्भवती महिलालाई दहीचिउरा खुवाएर फर्कदै गर्दा मन्डनदेउपुर–७ कुन्ताबेशिमा टिपर र मिनिटिपर ठोक्किँदा मिनिटिपर खोल्सामा खसेको थियो । दुर्घटनामा घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।