ट्रयाक्टरको ठक्करबाट सशस्त्रका हवल्दारको ज्यान गयो

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जना सशस्त्र प्रहरी हवल्दारको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते छन् ।

दुर्घटनामा भीमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हवल्दार खगेन्द्र जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए । आइतबार राति भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

याे पनि पढ्नुस  कञ्चनपुरमा फेरि लकडाउन कडा पारियो

दुर्घटनामा गम्भीर घाइते दुवैलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतीय सहर खटिमा रेफर गरिएको थियो । घाइतेमध्ये भट्टको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन्।

जोशी शसस्त्र प्रहरी बलको हवल्दार पदमा कार्यरत रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्मका डिएसपी केशवराज प्याकुरेलले जानकारी दिए । दुर्घटना घाइते जोशीको खटिमामा उपचार उपचार भइरहेको छ । ट्याक्टर चालक फरार छन् । ट्याक्टर धनीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  ट्याक्टरको ठक्करबाट कञ्चनपुरमा युवकको मृत्यु

 

कमेन्ट गर्नुहोस्