अब विद्यालय समय ९ बजेदेखि ४ बजेसम्म !

काठमाडौंः सरकारले विद्यालय समय ९ बजेदेखि ४ बजेसम्म तोकेको छ । हाल विद्यालय समय १०–४ छ।

नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान भएका कारण सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने भएकाले विद्यालय समय हेरफेर गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए ।

  • यसअघि ९ देखि ४ बजेसम्म हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

कमेन्ट गर्नुहोस्