‘बागी–३’मा कोरोनाको प्रभाव, अपेक्षाअनुसार भएन कमाई

काठमाडौंः टाइगर श्राफ र श्रद्धा कपूर अभिनित बागी–३ लाई पनि कोरोना भाइरसको असर परेको छ ।

६ मार्चमा रिलिज भएको फिल्मले पहिलो हप्तामै १०० करोड भारु कमाउने अपेक्षा गरिएको थियो । तर, एक हप्ता बितिसक्दा पनि फिल्मिको कमाई ९२ करोड भारुमा सिमित भएको छ।

याे पनि पढ्नुस  ‘वार’ सय करोड क्लबमा

अहमद खानको निर्देशनमा बनेको फिल्म बागी ३ ले मार्च १३ देखि मार्च १५ को बीचमा ४.५ करोड कमाएको छ।

भारत सरकारले (कोभिड १९) को डरले मार्च ३१ सम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

बागी–३ ले उद्घाटन दिनमा १७ करोड कमाई गरेको थियो भने शुरुका तीन दिनमा मात्रै यस फिल्मले ५२ करोड कमाएको थियो । पहिलो हप्ताको अन्त्यसम्ममा भने यो फिल्मले ८७.५० करोड कमाएको छ ।

याे पनि पढ्नुस  बुधबारदेखि बलिउडमा महा-भीडन्त, कसले मार्ला बाजी?

मार्च १६ सम्म बागी–३ ले विदेशी बजारमा २१ करोड बराबरको कमाई गरेको छ।

कमेन्ट गर्नुहोस्