उद्याेगमन्त्री भट्टको चेतावनीः ‘व्यवसायीले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउँछौं’

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका छन् ।

मन्त्री भट्टले आज ग्यास उद्योगी र नेपाल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर यस्तो चेतावनी दिएका हुन् ।

व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै उनले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताए ।

याे पनि पढ्नुस  आस्था राउतले किन गरिन् प्रहरीलाई तथानाम गाली?

मन्त्री भट्टले भने, ‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ ।’

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए ।

याे पनि पढ्नुस  बालक मृत्यु प्रकरणः प्रहरीविरुद्ध आयोगमा उजुरी

उद्योगी व्यवसायीका सामुन्ने मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका थिए ।

बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।

कमेन्ट गर्नुहोस्