सामान किन्न बजार गएकी हिरा ५ दिनदेखि वेपत्ता

कैलालीः जिल्लाको जोशीपुर गाउँपालिका–७ बस्ने २६ वर्षिया हिरादेवी चौधरी ५ दिनदेखि वेपत्ता भएकी छन् ।

उनी फागुन २९ गते नजिकैकाे जोशीपुर बजार गएकी थिइन् ।

हिराका श्रीमान जितवहादुर चौधरीले भने, ‘झण्डै ५१ हजार नगद बोकेर बजार गएकी थिइन् । दिउँसो तीन बजे मलाई लैजान आउनुस् भन्दै फोन गरिन् । मैले कामका कारण जान सकिन । त्यो दिनदेखि उनी वेपत्ता छिन्।’

याे पनि पढ्नुस  टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु, कैलालीको सुरक्षामा व्यवस्था कडा

उनका अनुसार खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ।

कमेन्ट गर्नुहोस्