घुस लिएको आरोपमा विद्यतुका सुपरभाइजर पक्राउ

काठमाडौंः नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वितरण केन्द्रका ईलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहाललाई सेवाग्राही फाँटबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  आजबाट काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नयाँ क्षमता वृद्धिको मिटर जडानको लागि राजश्व तिरेर प्रकृया बढाउँदा झञ्झटिलो हुने भन्दै दाहालले काममा आलटाल गर्दै आएको थिए । सेवाग्राहीसँग नयाँ क्षमताका मिटर जडानका लागि दाहालले घुस मागेको ऊजुरी परेपछि आयोगको टोलीले पछ्याएको थियो ।

कमेन्ट गर्नुहोस्