अमेरिकन आइडलमा दिवेश पोखरेलको उत्कृष्ट प्रस्तुती, जजले उभिएर गरे तारिफ (भिडियोसहित)

काठमाडौंः ‘अमेरिकन आइडल’को अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा उत्कृष्ट प्रस्तुती दिएका छन् । उनको प्रस्तुतीबाट तीनै जना निर्णायक निकै प्रभावित भएका छन् ।

स्टेजमा आर्थर गनको नामबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई पुनः निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर..’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर।।’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई हेरेका थिए । दिवेशको प्रस्तुतीका बेला दर्शक पनि निकै उत्साहित देखिन्थे । प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए ।

 

कमेन्ट गर्नुहोस्