प्रदेश २ को नामाकरणका लागि मतदान शुरू

जनकपुरधामः प्रदेश नम्बर २ को नामाकरणको लागि प्रदेशसभामा मतदान शुरु भएको छ । पाँचवटा दलको प्रतिनिधित्व रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा नामाकरणका लागि चारवटा प्रस्ताव दर्ता गराइएको छ ।

अहिले नेकपाले राखेको जानकी प्रदेशका लागि मतदान शुरू भएको र यो प्रस्तावमा दुई तिहाई मत प्राप्त नभए दोस्रो प्रस्तावका लागि पुनः मतदान हुनेछ ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयले पठायो कोरोना प्रभावित क्षेत्रमा उच्च स्तरीय टोली

सत्तापक्षीय समाजवादी पार्टी, नेपाल र राजपा नेपालले प्रदेशको नाम ‘मधेश’ हुनुपर्ने प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ । प्रमुख प्रतिपक्षी नेकपाले प्रदेश २ को नाम ‘जानकी’ प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ ।

नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ र सत्तापक्षकै केही प्रदेशसभा सदस्यले ‘मध्य मधेश’को प्रस्ताव दर्ता गराएका छन् ।

कमेन्ट गर्नुहोस्