टी–२० विश्वकप निर्धारित समयमा हुने

काठमाडौंः क्रिकेट अष्ट्रेलियाले पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता निर्धारित समयमै हुने बताएकाे छ ।

क्रिकेट अष्ट्रेलियाका प्रमुख केभिन रोबर्टसले अक्टोबर र नोभेम्बरका लागि निर्धारित टी–२० विश्वकप निर्धारित समयमै हुने बताएका हुन् ।

उनले अष्ट्रेलियामा खेलकुदका सबै विधा आगामी केही साता वा महिनाभित्र सुरु हुने बताए ।

आसन्न टी–२० विश्वकप आगामी अक्टोबरदेखि अष्ट्रेलियामा खेलाइने निर्धारण गरिएको छ ।

टी–२० विश्वकपकाे प्रि-क्वालिफायर खेल अक्टोबर १८ देखि २३ सम्म हुने निर्धारण गरिएको छ । अक्टोबर २४ देखि प्रमुख १२ राष्ट्र सम्मिलित विश्वकपको खेल सुरु हुनेछ ।

नोभेम्बर १५ मा उपाधिका लागि स्पर्धा हुँदा मेलबर्न क्रिकेट ग्राउण्ड पूर्णरुपमा दर्शकले भरिभराउ रहने क्रिकेट अष्ट्रेलियाका प्रमुख रोबर्टसले दाबी गरे । कोरोना भाइरसको महामारीले दर्जनौं स्पर्धा स्थगित भइसकेका छन् ।

यद्यपि टोक्यो ओलम्पिक, यूरो २०२० र कोपा अमेरिका कप अझै निर्धारित तिथिमै हुने जनाइएको छ ।

 

कमेन्ट गर्नुहोस्