कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कारबाही: उद्योगमन्त्री भट्ट

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्क वस्तुको अभाव नहुने प्रतिबद्धता जनाएका छन् ।

उनले आफू नै बजार अनुगमनमा उत्रिएको सुनाउँदै कालाबजारी गर्ने जो कोहीलाई पनि कानूनी कारबाही गरिने बताए ।

मंगलबार सिंहदरबारस्थित प्रतिनिधिसभा अन्तर्गतको संसदीय उद्योग समितिमा बोल्दै उनले भने, ‘मेरो नेतृत्वमा रहेको मन्त्रालयका सबै टिम यतिवेला रातदिन नभनी फिल्डमा उत्रिएको छ, हामी अहोरात्र काममा खटिईरहेका छौं, कालोबजारी गर्नेहरुका लागि कुनै अप्सन हुँदैन् ।’

याे पनि पढ्नुस  विदेशी लगानी भित्र्याउँदा निजी क्षेत्र तर्सनु पर्दैनः मन्त्री भट्ट

उनले कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताए ।

कमेन्ट गर्नुहोस्