जापान फुटबल संघका अध्यक्षलाई कोरोना संक्रमण

जापान ओलम्पिक कमिटीका अध्यक्षलाई काेरोना भाइरसको संक्रमण भएको छ ।

कमिटीका उपाध्यक्ष कोजो तासिमालाई कोरोनाको परिक्षणमा ‘पोजिटिभ’ देखिएको हो । कोजो जापान फुटबल संघका अध्यक्षसमेत हुन् ।

मंगलवा जापान फुटबल संघले जारी गरेको स्टेटमेन्टमा तासिमाले आफूलाई कोरोना ‘पोजिटिभ देखिएको बताएको उल्लेख छ ।

युरोपमा विभिन्न खेलाडीहरुलाई समेत कोरोना संक्रमण भएको छ । स्पेनमा २१ वर्षीय फुटबल प्रशिक्षकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्