बिरामीको दाँत ठेलेर शिविर उद्घाटन गरिएपछि…

काठमाडौः ओखलढुंगाको चम्पादेवी गाउँपालिका-६ घोराखोरिमा बिरामीको दाँत ठेलेर शिविर उद्घाटन गरिएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भइरहेको तस्बिरमा दाँत नभएकी एक जना वृद्धाको मुखमा कृत्रिम दाँत राखिदिन्छन् । अतिथिहरुले उक्त दाँतलाई ठेलेर शिविर उद्घाटन गछन् । दाँत छुन नसक्नेहरुले जसले छोएको छ, त्यही व्यक्तिको हात छुन्छन् । धेरैले कार्यक्रम उदघाटन गर्ने शैलीप्रति व्यंग्य गरेका छन् ।

याे पनि पढ्नुस  प्रदेश सरकारले बनाएको कानुनविरुद्ध १४ मुद्दा

कार्यक्रमको प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर प्रमुख अतिथि थिइन् । गाउँपालिका अध्यक्ष नवराज केसी, प्रदेश सांसद मोहन कुमार खड्का, चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष अजय लुइँटेल र विभिन्न राजनीति दलका नेताहरु सहभागी थिए ।

याे पनि पढ्नुस  प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, ५ हजारसम्म जरिवाना गराइने

गाउँपालिका अध्यक्ष नवराज केसीले भने बिरामीको दाँत ठेलेर शिविर उद्घाटन नगरिएको दाबी गरे । उनले डेन्टिस्ट केशव रिमालबाहेक अरुले मुखमा नछोएको दाबी गरे ।

कमेन्ट गर्नुहोस्