कमल र सन्जिबको ‘सात सुरमा’को भिडियो सार्वजनिक

काठमाडौंः गायक सन्जिव पराजुली र कमल खत्रीको स्वरमा रहेको ‘सात सुरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमलकै शब्द र संगीत छ । द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियो निकै आकर्षक बनेको निर्माण पक्षको दावी छ ।

याे पनि पढ्नुस  ‘एक्लो जीवन’ दोहोरी गीतको भिडियो सार्वजनिक, भिडियो सहित

गीतको भिडियोमा गायकद्वय कमल र सन्जिबले मुख्य अभिनय गरेका छन् । भिडियोमा वाद्यवादनका सदस्यहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर, विक्रम थापा, रिकेश गुरुङ र कृष्ण सापकोटालाई पनि देख्न सकिन्छ ।

गीतमा गुरु चन्दन श्रेष्ठको तरना रहेको गीतमा रिकेश गुरुङको एरेन्ज छ । लक्ष्मण पौडेलको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारी र उनको समूहको छायांकन छ । भिडियोमा सोहन मानन्धरको कलर करेक्सन र सम्पादन छ । भिडियोलाई गायक सन्जिब पराजुलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

याे पनि पढ्नुस  दिनेश गौतमको ‘म मरिसकेपछि’ सार्वजनिक (भिडियोसहित)

कमेन्ट गर्नुहोस्