बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले घटेर ७५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । बुधबार ७६ हजार २ सय पुगेको तेजावी सुन आज तोलाको ७४  हजार ७ सय रुपैयाँ तोकिएको छ ।

याे पनि पढ्नुस  आज कतिमा कारोबार हुँदैछ सुन?

यसैगरि बिहीबार चाँदीको भाऊ पनि घटेको छ । बुधबार ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैंयाले घटेर प्रतितोला ६ सय ८० पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्