रणवीर र आलियाको ‘ब्रेकअप’

लामो समयदेखि एकअर्कासँग डेट गरिरहेका अभिनेता रणवीर कपूर र आलिया भट्टको सम्बन्धमा दरार आएको छ । छिट्टै बिवाह बन्धनमा बाँधिने खबर बाहिरिएसँगै यी दुईको ‘ब्रेकअप’को हल्लाले पछिल्लो समय बजार तताएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले आलियाका साथमा राम्रो व्यवहार नगरेका र उनलाई इग्नोर गरेकाले एकाएक सम्बन्धमा चिसोपना आएको बताइएको छ।

रणवीर र आलियाको ब्रेकअपको अड्कल आलियाको जन्मदिनमा रणवीर उपस्थित नभएपछि गरिएको थियो। जुनसुकै अवस्थामा पनि आलियासँगै साथै देखिने रणवीरलाई बिशेष दिनमा नदेख्दा यस्तो अड्कल काटिएको हो।

आफ्नो सम्बन्धमा दरार नआएको उनीहरुले बताईरहेका छन। रणबीर कपूर र आलिया भट्टको अफियरको खबर चलचित्र ब्रह्मास्त्रको सुटिंगको दौरानमा बाहिरिएको थियो।

चलचित्र ब्रह्मास्त्रमा रणवीर र आलियाका अलावा अभिनेता अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन। चलचित्रलाई यान मुखर्जीले निर्देशन गरिरहेका छन।

कमेन्ट गर्नुहोस्