आँचल शर्माले बिहेमा १६ लाखको लेहेंगा, ६० लाखको गहना लगाएपछि…

काठमाडौंः धनीमानीसँग बिहे गर्ने चलन नायिकाहरूका लागि नयाँ होइन । यही चलन पछ्याउँदै नायिका आँचल शर्माले पनि चितवनका जमिन्दार उदीप श्रेष्ठसँग धूमधाम बिहे गरिन् ।

पेसाले चिकित्सकसमेत रहेका उदीपकी दोस्रो पत्नी बनेकी आँचलको चर्चा बिहेभन्दा पछि झनै चुलिएको छ ।

अरूले जस्तै उनले पनि आफ्ना सहकर्मी, पत्रकारलगायतलाई हेलिकोप्टर चार्टड गरेर, उदीपसँग मस्कँदै पार्टी भेन्यु पुगेकी आँचल देखेर उपस्थितको नजर इर्ष्यालु बनिरहेको थियो । त्यस्तैमा उनले लगाएको लेहेंगामा सबैको आँखा गयो ।

उनलाई निकै सुहाएको उक्त लेहेंगाको मूल्यको हिसाबकिताब पनि भयो, १६ लाख । त्यति मात्रै होइन, बिहेभर गहना गनेर बसेकाहरूले अन्त्यमा नजिता सुनाए, ६० लाखको त गहना मात्रै छ ! शुक्रबार साप्ताहिक

कमेन्ट गर्नुहोस्