गर्मी महिनालाई लक्षित गर्दै सिजीका एयर कुलर बजारमा

काठमाडौंः नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी महिनालाई लक्षित गरि विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरू बजारमा ल्याएको छ ।

सिजीले यी कुलरहरू विभिन्न प्रकार र साइजहरुमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् । हेर्दा निकै आकर्षक देखिने यि कुलरहरुमा अनेकौं विशेषताहरू पनि रहेका छन् ।

ति विशेषताहरूमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याकि, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटि, आईस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका छन् ।

यी कुलरहरू सजिलैसँग चलाउन रिमोट पनि उपलब्ध गराएको छ । सबै भन्दा धेरै रेन्ज भएको यी कुलरहरू अब आफ्नो आवश्यता अनुसार सजिलै खरिद गर्न सकिनेछ । सिजीले यी कुलरहरूमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुहोस्