त्रिवि शिक्षण अस्पतालद्वारा इमर्जेन्सी बाहेक अन्यको शल्यक्रियामा रोक

काठमाडौंः त्रिवि शिक्षण अस्पतालले इमर्जेन्सी तथा अर्जेन्ट बाहेक अन्य शल्यक्रिया नगर्ने भएको छ। अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य शल्यक्रिया अर्को सूचना नभएसमम्का लागि स्थगन गरिएको जनाएको छ।

‘जनरल हेल्थ चेक अप र इएचएस सेवा हालका लागि लागि स्थगित गरिएको छ’ अस्पतालले विज्ञप्तिमार्फत भनेको छ। इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४सै घण्टा सुचारु रहनेछ। यसअघि नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको थियो।

त्रिवि शिक्षण अस्पतालमा ज्वरो,रुघारखोकी,स्वाशप्रस्वाशमा समस्या भएका बिरामीका लागि छुट्टै फिभर ओपिडी संचालन गरिनेछ। अस्पतालले यसअघि भर्ना भएका तथा उपचारार्थ आउने बिरामीको कुरुवा तथा आफन्तहरुलाई हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न १ जना विरामीको लागि १ जना मात्र कुरुवा बस्न अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्