‘लकडाउन’ भए घरघरमा आवश्यक सामग्री पुर्‍याउँछौंः मन्त्री भट्ट

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ‘लकडाउन’ भइहाले जनतालाई आवश्यक वस्तुको अभाव नहुने बताएका छन् । त्यसको तयारीमा सरकार लागि सकेको भट्टले जानकारी दिए ।

उनले दैनिक उपभोग्य सामान र औषधिको मौज्दात पर्याप्त रहेकाले नआत्तिन पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । उद्योगमन्त्री भट्टले १० महिनाका लागि पुग्ने खाद्य सामाग्री र ६ महिनाका लागि पुग्ने औषधि मौज्दात रहेको जानकारी दिए ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठक सर्‍यो

भट्टले भने, ‘जनतालाई भोकै मर्न दिँदैनौं । ‘लकडाउन’ भइहाले पनि सुरक्षाकर्मी, स्वयंसेवक, पार्टीका कार्यकर्ता खटाएर आवश्यकता अनुसार जनताका घरघरमा आवश्यक सामग्री पुर्याउने प्रबन्ध मिलाउँछौं ।’

कमेन्ट गर्नुहोस्