कैलालीमा मोटरसाइकल दुर्घटना, २ जना गम्भीर घाइते

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का श्याम कुँवर र अर्का जनाको नाम भने खुल्न सकेको छैन ।

याे पनि पढ्नुस  कैलालीमा मोटरसाईकलको ठक्करबाट एकको मुत्यु

तिब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार घाइते दुवैको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्