काठमाडौंमा शुक्रबार मात्रै ४० जनाको कोरोना परीक्षण, के आयो रिपोर्ट ?

काठमाडौंः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार मात्रै ४० जनाको कोरोना भाइरसको आंशकामा परीक्षण गरिएको छ ।

तीमध्ये ३३ जनाको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

बाँकी ७ जनाको परीक्षणको रिपोर्ट शनिबार आउने प्रयोगशालाले जनाएको छ ।

आजसम्म प्रयोगशालामा पाँच सय ७९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्