पटाका फ्याक्ट्रीमा विष्फोट, ८ को मृत्यु, ११ घाइते

चेन्नइ । भारतको तमिलनाडुस्थित विरुधुनगमा पटाका उद्योगमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।
घटनामा ११ जना घाइते छन् ।

मृतकमा पाँच जना महिला रहेको भास्कर दैनिकले जनाएको छ ।

प्रहरीका अनुसार, सत्तूर नजिक सिपीपराईमा रहेको उद्योगमा घटनाको बेला ३० जना मजदूर काममा थिए । पटाका बनाउनका लागि रसायनको मिश्रण बनाउने बेला विष्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटपछि आगो लागको थियो । आगलागीबाट गोदाम र शेड ध्वस्त भएका छन् । तीन जना मजदूर अस्पताल भर्ना गरिएको छ ।
घटनामा नेपाली मजदूर भए नभएको बारे कुनै कुरा खुल्न सकेको छैन ।

याे पनि पढ्नुस  भारत-पाकिस्तान सीमामा बढ्यो तनाव, आपसी गोली हानाहानमा मारिए सैनिक

कमेन्ट गर्नुहोस्