गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित

काठमाडौंः चितवनको रामपुरमा बनिरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गरी रंगशालाको निर्माण कार्य रोकिएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनले शनिबार एक विज्ञप्ति जारी गर्दै सामान्य अवस्था नहुँदासम्म रंगशाला निर्माणको काम स्थगित गरेको जानकारी दिएकाे छ ।

गत वर्षको माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भएर रंगशाला निर्माणको कार्य सुरु गरिएको थियो ।

हालसम्म रंगशाला निर्माणको काम ८५ प्रतिशत सकिएको फाउण्डेशनले जनाएको छ । यो रंगशाला निर्माणमा कामदार मात्रै २ सय बढी कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्