रचना रिमालको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौंः रचना रिमालको आवाजमा रहेको नयाँ गीत ‘फोटो फिरिममा’को सार्वजनिक भएको छ । नेपाल आइडलबाट बाहिरिएपछि रचनाको यो पहिलो गीत हो ।

उनको नयाँ गीतमा शिशिर भण्डारीको शब्द, संगीत तथा अभिनय रहेको छ । गीतमा कुसल सिंहको एरेन्ज रहेको छ ।

याे पनि पढ्नुस  नेपाल आइडलबाट बाहिरिइन् रचना रिमाल, को–को पुगे ‘टप–७’मा?

पछिल्लो समय रचना सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । नेपाल आइडलपछि उनको आवाजलाई मन पराउनेको संख्या दिनहुँ बढिरहेको छ । रचना नेपाल आइडल सिजन–३ को टप–८ बाट बाहिरिएकी थिइन् ।

 

कमेन्ट गर्नुहोस्