कोरोना र ट्रम्पः हेर्नुस् राेचक कार्टुन

काठमाडौंः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबखत आफ्ना अभिव्यक्तिले विवादमा आइरहन्छन् । पछिल्लो समय भने उनी कोरोना भाइरसका बारेमा दिइरहेका अभिव्यक्तिहरुका कारण चर्चामा छन् ।

केही समय अघि कोरोनालाई चाइनिज भाइरस भनेर ट्विट गरेपछि आलोचनामा परेका राष्ट्रपतिले पछिल्लो समय भने एनबिसी मिडियामा पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै आलोचना खेपिरहेका छन् ।

अमेरिकामा ट्रम्पकै गैर जिम्मेवार अभिव्यक्ति र कमजोर प्रशासनिक पहलका कारण संक्रमण तीब्र गतिमा फैलिएको आरोप लागेका छ । हिजो मात्रै उनले कोरोना भाइरसको उपचार भन्दै मलेरियाविरुद्ध प्रयोग हुने औषधी प्रयोग गर्न बताएपछि चिकित्सहरुले त्यसको बिरोध गरेका थिए ।

कोरोना विरुद्ध लड्ने एकीकृत र बस्तुसम्मत रणनीति नबनाएको उनीमाथि आरोप छ ।

युएस टाइम्सले प्रकाशित गरेका यी कार्टुनहरुमा ट्रम्पमाथि कडा व्यंग गरिएको छ । सबै कार्टुन युएस टाइम्सको अनलाईन संस्करणबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्