प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपति विद्यादेवि भण्डारीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले शीलत निवास पुगेर राष्ट्रपति भण्डारीलाई यस्तो जानकारी गराएका हुन् ।

पुनः मृगौला प्रत्यारोपण गरेर फर्किएपछि राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो पहिलो भेट हो । भेटमा राष्ट्रपतिले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको प्रशंसा गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

याे पनि पढ्नुस  ओलीको बचाउ गर्दै गोकुल बाँस्कोटाको फेरि अर्को ट्वीट, अध्यादेशबारे के भने ?

करीव दुई घण्टा लामो भेटमा देशको पछिल्लो अवस्था, सरकारका काम र नेकपाभित्रको पछिल्लो विवादको बारेमा समेत चर्चा चलेको स्रोतले जनाएको छ । यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।

राष्ट्रपतिले नेकपा नेताहरुलाई आपसी विश्वासका साथ पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएकी छन् ।

याे पनि पढ्नुस  चार बजे दुई अध्यक्षबीच निर्णायक छलफल हुँदै, सरकारबारे भोलिको सचिवालयले टुंगो लगाउने

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रप्रमुखलाई देशको समसामयिक अवस्थाबारे जानकारी गराउने नियमित प्रक्रिया अनुसार नै मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको भेटघाट भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्