हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द

काठमाडौंः हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण रोकिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण छायांकन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रशारण रोकिने सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएको बताए ।

सरकारबाट अर्को सूचना नआएसम्म सक्किगोनीको प्रशारण बन्द हुने उनले बताए ।

याे पनि पढ्नुस  मिडिया हब र ‘सक्किगोनी’ बीचको विवाद मिल्यो, यस्तो भयो सहमति

सिरियलको प्रशारण रोकिँदा दर्शकदीर्घामा पर्न गएको असरमा निर्माण पक्षले क्षमायाचना गरेको छ ।

अर्जुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सु–स्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौँ ।’

कमेन्ट गर्नुहोस्