कोरोनाविरुद्ध विश्वप्रकाशको गीत, प्रमोद र शितलको स्वर

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ ।

‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।

बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ ।

गीतको शब्दः
आउ माया गरौं, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौं

let’s love; love humans, this nature, the world

आवाज मिलाउं र कदम कदम मिलाउं
महामारीबाट संसार जोगाउं
आउ माया गरौं !

Break the chain

उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ

You exist because of them

And in you, they have hope

आशाको दियोले विश्वास जगाउं
साथ साथ रहौं तर सचेत बनौं
मान्छे र मान्छे मिलेर मान्छेको वस्ती जोगाउं
आउ माया गरौं

Lets love

Break the chain.

कमेन्ट गर्नुहोस्