‘कोरोनाविरुद्ध लड्न चिनियाँ मोडलको तयारी भइरहेको छ’

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले चिनियाँ मोडलमा तयारी थालेको बताएका छन् ।

कोरोनाको संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने भन्नेबारे चीन सरकारसँग सहकार्य भइरहेको पनि उनले जानकारी दिए ।

संघीय संसद्‍का दुवै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आइतबार बसेको बैठकमा मन्त्री भट्टले भने, ‘कोरोनाविरुद्ध नयाँ मोडलमा जाने तयारी भएको छ। चिनियाँहरूको मोडलमा जाने भन्ने तयारी गरिरहेका छौं।’

याे पनि पढ्नुस  ८ महिने बालकसहित थप ४४ जनामा कोरोना संक्रमण

सुरक्षाकर्मीका अस्पताललाई ठूलो मात्रामा उपचार गर्ने क्षमताका रूपमा अभिवृद्धि गर्न लागिएको मन्त्री भट्टले जानकारी दिए। चीनमा सुरक्षा निकायलाई कोरोनाविरुद्ध उपचारमा संलग्न गराइएको उनले उल्लेख गरे।

मन्त्री भट्टले कोरोनाको उपचारमा संलग्न हुने चिकित्सकहरूलाई चिनियाँ चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्