हतौडा प्रहार गरी श्रीमतीको हत्या

धनगढीः कैलालीमा एक पुरुषले हतौडा प्रहरी गरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ बस्ने भक्तवहादुर धामीले ६२ बर्षीया श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन् ।

शनिबार दिउँसो भक्तवहादुरले घरमा कोही नभएको समयमा हतौडाले टाउकोमा प्रहार गरी धारुलाई गम्भीर घाइते बनाएका थिए।

याे पनि पढ्नुस  कञ्चनपुरमा बुवाकै आँखा अगाडि छोराको हत्या

उनको कोहलपुर अस्पतालमा उपचार भइरहेकोमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्