विप्लवका माहिला दाजु जयन्द्र चन्द पक्राउ

काठमाडौंः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाई चयन्द्र चन्दलाई ललितपुर प्रहरीले जावलाखेलबाट पक्राउ गरेको छ ।

पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

प्रहरील चन्द लगायत ६ जननालाई हिजो राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि राखेको प्रहरी स्रोतले बताएको छ ।

याे पनि पढ्नुस  विप्लव समूहद्वारा मोदीको पुत्ला जलाउनेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक

चन्द लामो समय देखि विप्लव निकट खेलकुद महासंघको अध्यक्ष थिए । उनी २०६४ साल देखि नै महासंघका अध्यक्ष छन् ।

विप्लवका तीन भाइमध्य जेठो दाई चन्द्रबहादुर चन्द वीरजंग दाङबाट पक्राउ परेका थिए । उनी नेकपाको मध्यकमाण्ड इन्चार्ज थिए ।

उनीहरुलाई राप्ती व्युरोको बैठक बसिरहेको अवस्थामा २९ असोजमा दाङबाट पक्राउ गरेको थियो । वीरजंगसहित २१ जना विप्लवका नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  विप्लव समूहका जिल्ला सदस्य पुनः पक्राउ

कमेन्ट गर्नुहोस्