जहाजमा यात्रुले हाच्छ्यूँ गर्दा ककपिटबाटै हाम फाले पाइलटले

नयाँ दिल्ली । कोरोना भाइरस संक्रमणको त्रास कतिसम्म फैलिएको छ भने यात्रुले हाच्छ्यूँ गर्दा समेत पाइलटले आपतकालिन ढोकाबाट हाम फालेका छन् ।

घटना छिमेकी भारतको हो । जागरण दैनिकमा प्रकाशित समाचार अनुसार, गत शुक्रबारका दिन पुनाबाट नयाँ दिल्ली तर्फ गइरहेको आइ५–७३२ विमानले उडान भर्ने बेला घटना घटेको थियो ।

घटना अनुसार पुनादेखि दिल्ली जानका लागि जहाजले उडानको तयारी गर्दै थियो । सबै यात्रुहरु सीटमा बसिसकेका थिए । यसैबीचमा अघिल्लो पंक्तिमा बसेका एकजना यात्रीले हाच्छयूँ गरे । क्याबिनमा बसिरहेका पाइलटले हाच्छ्यूँको आवाज सुन्नेबित्तिकै आत्तिएर ककपिटकै झ्यालबाट हाम फालेका थिए ।

पाइलटले आपतकालिन विमानबाट बाहिर हाम फालेपछि यात्रुहरु अचम्ममा परेका थिए । सामान्य रुघा लागेका ती बिरामीले हाच्छ्यूँ गर्दा पाइलट डराएपछि विमानका बाँकी क्रू मेम्बर्सले जहाजको पछाडिको ढोका खोलेर सबैलाई बाहिर निकालेका थिए ।

सबै यात्रीको स्क्रिनिङ गरियो तर कोही पनि पोजिटिभ देखिएनन् ।

एयस एशियाका प्रवक्ताका अनुसार, जहाजका असामान्य अवस्था आएपछि क्रु सदस्यहरुले आफूलाई क्वारेन्टाइन गरेका थिए भने क्याप्टनले ककपिटको आपतकालिन ढोकाबाट हाम फालेका थिए । एयर एशियाले घटनाको बचाउ गर्न खोजेपनि यसको व्यापक आलोचना भएको छ ।

भारतमा हालसम्म ३ सय ९६ जना संक्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्