सोमबार पनि बढ्यो सुनको मूल्य

काठमाडौंः सोमबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

आइतबार ७६ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला ७७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको भाऊ पनि आज बढेको छ ।

आइतबार ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलाकाे ७६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी आज पनि ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्